

सरिता श्रेष्ठ / ६ जेठ, धादिङ –
धादिङको नीलकण्ठ नगरपालिको मेयरमा काँग्रेसका भीमप्रसाद ढुङगाना विजयी भएका छन् । सानै उमेरदेखि निडर र स्पष्ट वक्ताका रुपमा चिनिएका ढुङगानाले २०२३ सालमा धादिङ जिल्लाको तत्कालिन मुरलीभञ्ज्याङ गाविसमा जन्मिएका हुन् ।
उनको राजनीतिक यात्रा २०३७ सालमा नीलकण्ठ मावि धादिङबेसी पढ्दाखेरि नै भएको हो । त्यतिखेर उनी कक्षा ७ मा पढ्दै थिए ।
त्यतिबेला नेपाल विद्यार्थी संघ जिल्ला सदस्य भई २०३९ सालमा उनी १६ वर्षको कलिलो उमेरमै नेपाल विद्यार्थी संघ धादिङको अध्यक्ष बन्न सफल भए । २०४२ सालमा भएको सत्याग्रहमा गिरफ्तार भई नुवाकोटमा ५ महिने जेल जीवन बिताउन बाध्य भएका उनी २०४६ साल अघि पञ्चहरुको बिरोधमा उत्रीएकै कारण पटक÷पटक हिरासत र जेलमा परे ।
२०४९ सालको स्थानिय निकायको चुवाव पछि तत्कालिन मुरलीभञ्ज्याङ गाविसबाट २६ वर्षको उमेरमा गाविस अध्यक्ष बन्न सफल भए । विकास प्रेमी नेताको छवि बनाएकै कारण २०५४ सालको स्थानिय निर्वाचनमा पनि उनी सोही गाबिसबाट पुन अध्यक्ष बन्न सफल भए ।
२०५५ सालमा गाविस राष्ट्रिय महासंघको माहासचिब बने पछि उनको राजनैतिक पृष्ठभुमी झन् फराकिलो हुन पुग्यो । २०५९ सालमा गाविस महासंघको तर्फबाट सडक बोर्डको संस्थागत प्रतिनिधि भए । २०४८ सालदेखिनै नेपाली काग्रेस धादिङको बिभिन्न अधिबेशनबाट निरन्तर क्षेत्रीय प्रतिनिधि, महादिबेशन प्रतिनिधि र महासमिति सदस्य बन्न सफल उनी नेपाली कांग्रेसको धादिङ क्षेत्र नं २ का पुर्व सभापति समेत हुन् ।
युवाहरुको माझमा निकै लोक प्रिय छवि बनाएकै कारण उनी युवापुस्ताका सालिन नेताका रुपमा चिनिन्छन् । पार्टीको १३ औं महादिबेशनबाट सभापतिको लागि प्रत्याशी बनी झिनो मतले पराजित हुन पुगे ।
लामो समयदेखि समाजसेवामा तल्लीन ढुङगानाले समाजसेवाका लागि महत्वपूर्ण कार्यहरु गर्दै आएका छन् । आम नगरवासीको नगरवासीको चाहना, लोकप्रियता, विकास निर्माणमा उनको सकृयता, आफ्नो अर्काको नभनी सबै जनताको काममा अहोरात्र खटिने पात्रको रुपमा उनको परिचय बनेको छ । त्यसैले अन्य पार्टीका नेता तथा कार्यकर्ताले समेत उनको कार्यशैली र इमान्दारीतामा औला उठाउने मौका पाएका छैनन् ।
उनी भन्छन् – संविधानले दिएको हक अधिकार जनताको घरदैलोमा पु¥याउने जिम्मेवारी मेरो हुनेछ । नागरिकले पाउने अधिकारलाई सुनिश्चित गराई नीलकण्ठ नगरपालिकालाई शान्त र सुन्दर नगर बनाउने कार्यमा मेरो पहिलो प्राथमिकता हुनेछ । धादिङबासीलाई शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, सडक विस्तार, खेलकुद मैदान लगायतका क्षेत्रमा काम गरि खुसी तुल्याउने उनको भनाई छ । धादिङबासी आम जनताको इच्छा, चाहनाका अनुसारका कार्यहरु सम्पन्न गर्न सधै तत्पर हुने उनले बताएका छन् ।
२०७४ बैशाख ६ गते प्रकाशित