Wed. May 14th, 2025

संचारकर्मी यात्रीको निर्देशनमा मेलिना र एसराजको बाडुली सार्बजानिक


७ जेठ,  धादिङ –

गायिका मेलिना राई र नबगायक एस राज कुमारको आवाजमा रहेको मनछुने आधुनिक गीत बाडुलीको भिडियो सार्बजनिक भएको छ ।

गायक एसराज कै शब्द रचना रहेको बाडुलीमा थानेश्वर गौतमको सुमधुर संगीत रहेको छ । टाढा रहेको आफ्नो प्रिय मान्छेको यादमा तड्पिदाको अबस्थाको भाबलाई गीतले बोलेको छ ।

संचारकर्मी भोला तिमल्सिना (भोला दीप यात्री)को निर्देशनमा गीतको आकर्षक भिडियो तयार गरिएको छ । गायक एस राज र रंगकर्मी अमृता खनालको भिडियोमा आकर्षक अभिनय रहेको छ ।

रबिन्द्र बरालले गीतको भिडियो खिचेका हुन् भने सम्पादन जितेन्द्र राजोपाध्यायले गरेका हुन् । गीतको भिडियो लाई एभरेस्ट ग्यालरीले बजार ब्यबस्थापन गरेको हो ।

https://www.youtube.com/watch?v=nA4BVkY3x90&feature=share
२०७४ जेठ ७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: