Sat. Jul 5th, 2025

प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष भवानीप्रसाद बराललाई स्वागत


७ जेठ,  काठमाडौँ  –

प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष भवानीप्रसाद बराललाई स्वागत स्वागत गरिएको छ ।

काठमाडौं र नेपाल सरकारद्वारा २०७४ जेठ ४ गते नियुक्त प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष बराललाई आइतबार एक कार्यक्रमबीच स्वागत गरिएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिस्टले मिडियाको संख्यात्मक वृद्धि भएको र गुणस्तरतालाई ध्यान दिई बदलिदो परिस्थितिमा काउन्सिलले स्वतन्त्र र स्वायत्त निकायकोरुपमा स्थापित भई आफ्नो भूमिकालाई फराकिलो पार्दै जानुपर्ने कुरामा जोड दिए ।

त्यस्तै कार्यक्रममा  प्रेस काउन्सिलका निमित्त अध्यक्ष किशोर श्रेष्ठले स्वागत गर्दै  भने – “काउन्सिल अहिले नयाँप्रविधियुक्त छ, उच्च ओहोदाका महानुभावहरु उजुरीका लागि आउनुभएको छ, राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा सम्वन्ध विस्तार गरेको छ, त्यसैले तथ्यहीन र सतही कुराका पछि नलागौ ।“

२०७४ जेठ ७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: