Sat. Jul 5th, 2025

धादिङमा कांग्रेसका बन्दकर्ताद्धारा बसमा तोडफोड


७ जेठ,  धादिङ –

धादिङको मैदी घटनालाई लिएर आव्हान गरेको बन्दको अवज्ञा गरेको भन्दै धादिङमा बस तोडफोड भएको छ ।

बन्दकर्ताले प्रहार गरेको ढुङ्गाबाट बा ३ ख २६८९ नम्बरको बसको अगाडिको भागमा क्षति पुगेको छ । बन्द गराउदै हिँडेका नेपाली कांग्रेसका कार्यकर्ताले निलकण्ठ नगरपालिका ८ ससाहमा बसमा ढुङ्गा हानेका हुन् ।

नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच भएको झडपको विषयलाई लिएर कांग्रेस भातृ संगठन नेपाल विद्यार्थी संघले धादिङबेसी बन्द गराएका थिए । बन्द ५ बजेबाट खुलेको छ ।

२०७४ जेठ ७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: