Sat. Jul 5th, 2025

निलकण्ठ नगरपालिकाका मेयरको परिकल्पना ‘स्मार्ट शहर’


८ जेठ,  धादिङ –

 

 

मत गणना सकिए लगत्तै धादिङका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले धमाधम पदभार ग्रहण गर्न थालेका छन् । आ–आफ्नै गाउँपालिकाको कार्यालयमा पद तथा गोपनीयताको सपथ लिएसंगै पदभार ग्रहणको कार्यक्रम भइरहेका छन् ।

जिल्ला सदरमुकाम रहेको निलकण्ठ नगरपालिकाको मेयरमा निर्वाचित नेपाली कांग्रेसका भिम प्रसाद ढुङ्गानाले आइतबार पदरभार ग्रहण गरे । मुख्य निर्वाचन अधिकृत भरत लम्सालबाट सपथ लिएका हुन् । उपमेयरमा निर्वाचित नेकपा माओवादी केन्द्रका मनराज भण्डारी सहित १३ वटै वडा अध्यक्ष र सदस्यहरुले पनि आइतबार कानूनी व्यवस्था अनुसार सपथ लिएका छन् ।

पदभार ग्रहण गरे लगत्तै ‘निलकण्ठ नगर, स्वच्छ हराभरा र समृद्ध तिर्खामुक्त स्मार्ट शहर’ भन्ने नारा पारित गराए । निलकण्ठ नगरपालिका क्षेत्रमा पूर्वाधार निर्माण एवं् विकास कार्यलाई दु्रत बनाउने निर्णयमा हस्ताक्षर गरेका छन् । नगरपालिकामा मेयर ढुङ्गानाको यो नै पहिलो हस्ताक्षर हो ।

निलकण्ठ नगरपालिका अब स्मार्ट शहर बन्नेछ । हरेक नगरबासीले गर्व गर्न सक्ने काम गर्नेछु । नागरिकसंग कुरा गर्दै नवनिर्वाचित मेयर ढुङ्गानाले भने– ‘सूचना प्रविधिको मात्र कुरा नभई खानेपानी, इन्टरनेट, ढल निकास, उद्यान, बगैचा, सडक सञ्जाल, हरियाली शहर बनाउने छु । यो निलकण्ठ नगरपालिका स्मार्ट शहर बन्नेछ ।’

राजधानीसँग जोडिएर पनि सदरमुकामदेखि एक किलोमिटर दायाँ बाँया पनि पक्की सडक छैन । त्यही जिल्लाको नीलकण्ठ नगरपालिकामा भने नेपाली काँग्रेसका तर्फबाट भिमप्रसाद ढुंगानालाई जनताले आफ्नो नगरको प्रमुखका रुपमा चुनेका छन् ।

त्यस्तै जिल्लाको सिद्धालेक गाउँपालिकाको अध्यक्षमा निर्वाचित प्रेम सिलवाल र उपाध्यक्ष कमला शर्माले पनि आइतबार नै पदभार ग्रहण गरेका छन् । सिद्धालेकमा रहेका ७ वटै वडा अध्यक्ष सहित निर्वाचित जनप्रतिनिधिहरुले पनि आइतबार नै सपथ लिएका छन् ।

२०७४ जेठ ८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: