Sat. Jul 5th, 2025

धादिङमा अपरिचित व्यक्तिको आक्रमणमा परी एक घाइते

९ जेठ,  धादिङ –

 

 

अपरिचित व्यक्तिको आक्रमणमा परी मंगलबार धादिङमा एक जना घाइते भएका छन् ।

धादिङका निलकण्ठ नगरपालिका वडा नं. ८ का रामकोटका ठाकुर कुमालमाथि घरनजिकै ससाह भन्ने ठाउँमा आक्रमण भएको हो ।
कुमालको देब्रे हातमा गम्भीर चोट लागेको छ । उनको जिल्ला अस्पताल धादिङमा सामान्य उपचारपछि नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौमा पठायएको छ । उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।
सदरमुकामबाट बिरामी लिएर मोटरसाइकलमा घरतर्फ जाँदै आक्रमण भएको प्रहरीले जनाएको छ । घाइते कुमाल नेपाल तरुण दलका निलकण्ठ नगरपालिका ८ का वडा अध्यक्ष पनि हुन् ।

घटना स्थलमा एउटा तरबारको दाप (खोल) फेला परेको छ । घटनामा संलग्नको चारैतिरबाट खोजी तिव्र पारिएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी दिपेन्द्र पञ्जियारले बताए ।
२०७४ जेठ ९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: