Sat. Jul 5th, 2025

मोटरसाइकल दुर्घटनामा गल्छी गाउँपालिकाका नवर्निवाचित अध्यक्ष श्रेष्ठ घाईते

 

१२ जेठ, धादिङ – 

धादिङको गल्छी गाँउपालिकाका नवनिर्वाचित अध्यक्ष कृष्णहरी श्रेष्ठ घाईते भएका छन् ।

गजुरी गाँउपालिका वडा नं. ६ भल्टारबाट गल्छी गाँउपालिका वडा नं. ४ जोड्ने झोलुङ्गे पुल पार गरिसकेपछि मोटरसाइकल छिप्लिदाँ चालक विवशपौडेल पनि घाईते भएका छन् ।

वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा जनताले मत दिएर विजय गराए पश्चात जनतालाई घरदैलोमै धन्यवाद दिन जाने क्रममा शुक्रवार विहान मोटरसाइकल दुर्घटनामा परेको उपाध्यक्ष राधा तिमिल्सिनाले बताईन ।

अध्यक्ष श्रेष्ठलाई घटनास्थलबाट नेपाली सेनाको ६ नं। वाहीनी अड्डा वैरेनीमा प्राथमिक उपचार पश्चात ग्राण्डी हस्पिटलको हेलिकप्टरबाट थप उपचारका लागि काठमाण्डौ लगिएको नेकपा एमालेका जिल्ला कमिटी सदस्य नरेश खतिवडाले बताए ।

 

२०७४ जेठ १२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: