Sat. Jul 5th, 2025

लुक्लामा विमान दुर्घटनाः चालकको मृत्यु

१३ जेठ,  धादिङ  –

 

 

सोलुखुम्बुको लुक्ला विमानस्थलमा गोमा एयरको विमान दुर्घटना हुँदा पाइलट पारसकुमार राईको मृत्यु भएको छ ।

उपचारका क्रममा लुक्लामा नै मृत्यु भएको  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डन प्राधिकरण कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।

को–पाइलट सृजन मानन्धर र विमान परिचारिका प्रज्ञा महर्जन घाइते छन् । घाइते दुवैजनाको पासाङ ल्हामु निकोल्निकी अस्पताल लुक्लामा उपचार भइरहेको छ ।

नाइन एन एके वाइ कल साइन र एलइटी ४१० फ्लाइट नम्बरको कार्गो विमान २ बजेर ५ मिनेट जाँदा लुक्लामा दुर्घटना थियो ।

२०७४ जेठ १३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: