Sat. Jul 5th, 2025

धादिङको गोलाभञ्ज्याङमा बस दुर्घटना, २ को मृत्यु, २५ घाइते


१४ जेठ, धादिङ-
जिल्ला सदरमुकाम धादिङबेसीबाट ग्रामीण भेग खहरे जाँदै गरेको बस धादिङको निलकण्ठ नगरपालिका वडा नं. १० गोलाभञ्ज्याङ स्थित भकारेमा दुर्घटना भएको छ । दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने २५ भन्दा बढि घाइते भएका छन् ।
ग १ ख ३८०५ नम्बरको बस भकारे भन्ने ठाउँको घुम्तीबाट करिब २ सय मिटर तल जंगलमा खसेको छ । दुर्घटना स्थलमा स्थानीयहरुले उद्धार गरिरहेका छन् ।

धादिङबेसीबाट प्रहरीको टोली उद्धारको लागि जाँदैछ । एम्बुलेन्सहरु पनि पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
ओरालो कच्ची सडकमा छेउबापट्टी खसेको उद्धारमा संलग्न विजय इटनीले जानकारी दिए । दुर्घटनाको थप जानकारी आउन बाँकी छ ।

२०७४ जेठ १४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: