Sat. Jul 5th, 2025

धादिङको धुनीबेसी नगरपालिकामा नगर कार्यपालिका गठन, सबै पदमा एमाले विजयी

१८ जेठ,  धादिङ –

 

 

धादिङ जिल्लाको धुनीबेसी नगरपालिकामा नगर कार्यपालिका गठन भएको छ ।

विहिबार भएको निर्वाचन प्रक्रियामा सबै पदमा नेकपा एमाले विजयी भएका छन् । तीन दलित र अल्पसङ्ख्यक तथा पाँचजना महिला सदस्यका लागि भएको निर्वाचन प्रक्रियामा एमाले विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचित हुनेमा दलित तथा अल्पसङ्ख्यकबाट श्रीकृष्ण मिजार, बुधे मिजार र  रामभक्त भुजेल  छन् । त्यसैगरी, महिला सदस्यमा गिता खतिवडा, रिता कुमारी अधिकारी रेग्मी,  लक्ष्मी न्यौपाने उप्रेती, लक्ष्मी विष्ट र  श्रृजना चापागाईँ छन् । माओवादी केन्द्रका तर्फबाट सदस्य पदमा दुई जनाको उम्मेदवारी परेको थियो । दुई जना  नै पराजिय भएका छन् ।

विजयीहरुलाई विहिबार नै नगरपालिकाका निर्वाचन अधिकृत उपेन्द्र राज पौडेलले पदभार ग्रहण गराएका छन् । धुनीबेसी नगरपालिकामा ९ वटा वडामध्ये ६ वटा वडामा एमाले, २ वटा वडामा माओवादी केन्द्र र १ वडामा नेपाली काँग्रेस विजयी भएको थियो ।

कार्यक्रममा धुनीबेसी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख बालकृष्ण आचार्य र उपप्रमुख निरु खरेल लगायतको सहभागीता रहेको थियो ।

२०७४ जेठ १८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: