२३ जेठ, धादिङ –
सहयात्री समाज नेपाल धादिङले जिल्लामा संचालन गरिरहेको स्थानीय निकायको कानुनी तथा नितिगत व्यवस्था पालना अनुगमन कार्यक्रमको सोमबार समीक्षा तथा छलफल गरिएको छ ।
नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम, स्थानीय शासन तथा उत्तरदायी संयन्त्रको सचिवालयसँगको साझेदारीमा सहयात्री समाज नेपाल धादिङले जिल्लाका विभिन्न गाविसहरुमा कार्यक्रम संचालन गरिरहेको छ ।
ती संचालन भएका कार्यक्रमहरुको सोमबार जिल्लाका सरोकारवालाहरुको बिच समीक्षा गरिएको हो । कार्यक्रममा स्थानीय निकायको पालना अनुगमन कार्यकको अवस्था, आइपरेका चुनौती तथा समाधानका पक्षबारे कार्यक्रम संयोजक ज्ञानु कडेलले जानकारी गराएकी थिइन् ।
२०७४ जेठ २३ गते प्रकाशित