

२८ जेठ, धादिङ –
कोही आधुनिक मोर्डन डान्स देखाउदै थिए त कोही संस्कृती झल्काउने गीतमा कम्मर मर्काउदै थिए । स्टेजमा नाच्नेहरुसँगै दर्शकहरुको पनि भिड थियो । कुनै नाचमा भावुकता छाउथ्यो त कुनैमा साइसाइ सुइसुइ र हुटिङ थामिनसक्नु हुन्थ्यो ।
शनिवार धादिङबेशीमा आयोजित एकल नृत्य प्रतियोगीता स्थलको माहोल हो । एसइइ परिक्षा सकेर बसेका विद्यार्थीहरुले आधुनिक र विभिन्न भेषभुसा झल्काउने गीतमा डान्स देखाए । ठुला तथा नामी कलकारले स्टेज घेरे भन्दाकमी थिएन विद्यार्थीले घेरिएको स्टेज पनि ।
जिल्ला सदरमुकाम धादिङबेशीमा एसइइ परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरि खुल्ला नृत्य प्रतियोगिता सञ्चालन गरिएको हो । पिनाकल एकेडेमीको सहयोगमा गोल्डेनआई कम्प्यूटर इन्सीचयूटको आयोजनामा प्रतियोगीता भएको हो ।
प्रतियोगीतामा हिजो राती सपनीमा भन्ने बोलको गीतमा नृत्यु गर्दै नीलकण्ठ उच्च माविका पूजा खान ठकुरी प्रथम भएकी छन् । त्यस्तै बालमन्दिर माविका सरिता घले द्धितिया र देउराली माविका रिकिसा अधिकारी तृतीया भएकी छन् ।
प्रतियोगीतामा प्रथम, द्धितीय र तृतीय हुनेहरुलाई क्रमशः १५००, १००० र ५०० र प्रमाणपत्र वितरण गरिएको थियो ।
एसइइ उत्तिर्ण पश्चात आफुले अध्ययन गर्न चाएको विषय तथा क्याम्पसको छनौटका बारेमा जानकारी दिने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो । प्रतियोगिताकै अवसरमा एसइइ उतिर्ण पश्चात आफुले पढ्ने विषय तथा क्याम्पस छनौट गर्दा ध्यान दिनुपर्ने विषयका बारेमा जानकारी गराइएको थियो ।
२०७४ जेठ २८ गते प्रकाशित