राष्ट्रिपति रनिङ शिल्डको छनौट खेल धमाधम हुँदै

फाल्गुन ८, २०७१

८ फागुन, धादिङ । चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको लागि विहिबारबाट धादिङबेसीमा सुरु भएको छनौट खेल शुक्रबार (आज) पनि जारी छ ।
धादिङ क्षेत्र नम्बर २ का खेलाडीहरुबीच हुने छनोट खेलकोे प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले उद्घाटन गरेका हुन् । जिल्ला खेलकुद विकास समिति धादिङको आयोजना भएको प्रतियोगितामा १२ ओटा विद्यालयका विद्यार्थीहरुको सहभागी छन् ।

DSCN0072
प्रतियोगितामा भलिबल, फुटबल, एथ्यलेटिक्स, हाइजम्प, लङजम्प, ज्यावलिङथ्रो लगायतका खेलहरु भइरहेको जिल्ला खेलकुद विकास समितिका कार्यलय सचिव कृष्णलाल श्रेष्ठले जानकारी दिए ।   धादिङ क्षेत्र नम्बर २ को छनौट खेल शनिबारसम्म जारी रहने जिल्ला खेलकुद विकास समितिले जनाएको छ । क्षेत्रिय प्रतियोगितामा चौथो स्थान सम्म हासिल गर्ने विद्यार्थीले आगामी चैत्र २७ गतेदेखी २९ गतेसम्म सन्चालन हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन पाउने छन् ।
यता धादिङ क्षेत्र नम्बर १ मा रहेका विद्यालयहरुले पनि विद्यार्थीहरुलाई प्रतियोगितामा सहभागी गराउने तीव्र तयारी गरिरहेका छन् । प्रतियोगितामा सकेसम्म धेरै विद्यार्थी सहभागी गराउने उद्देश्य सहित छनोट खेल गराइएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनराज भण्डारीले बताए ।
क्षेत्र नम्बर ३ को छनोट खेल यसअघि नै सम्पन्न भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

धादिङको परेवाटार नजिकै भ्यान दुर्घटना, दुई जना घाइते

सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

निर्वाचनको वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छः राष्ट्रपति

रूसले युक्रेनमा हान्यो ४५० ड्रोन र ४५ मिसाइल

बाउल लिगमा नेपाल यूएईसँग ४३ रनले पराजित

इंग्लिस प्रिमियर लिगमा आर्सनल र सन्डरल्यान्डको बराबरी

रास्वपाको विस्तारित बैठक सम्पन्न : घोषित मितिमा निर्वाचन गर्न जोड   

यो पनि पढ्नुहोस