राष्ट्रिपति रनिङ शिल्डको छनौट खेल धमाधम हुँदै

फाल्गुन ८, २०७१

८ फागुन, धादिङ । चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको लागि विहिबारबाट धादिङबेसीमा सुरु भएको छनौट खेल शुक्रबार (आज) पनि जारी छ ।
धादिङ क्षेत्र नम्बर २ का खेलाडीहरुबीच हुने छनोट खेलकोे प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले उद्घाटन गरेका हुन् । जिल्ला खेलकुद विकास समिति धादिङको आयोजना भएको प्रतियोगितामा १२ ओटा विद्यालयका विद्यार्थीहरुको सहभागी छन् ।

DSCN0072
प्रतियोगितामा भलिबल, फुटबल, एथ्यलेटिक्स, हाइजम्प, लङजम्प, ज्यावलिङथ्रो लगायतका खेलहरु भइरहेको जिल्ला खेलकुद विकास समितिका कार्यलय सचिव कृष्णलाल श्रेष्ठले जानकारी दिए ।   धादिङ क्षेत्र नम्बर २ को छनौट खेल शनिबारसम्म जारी रहने जिल्ला खेलकुद विकास समितिले जनाएको छ । क्षेत्रिय प्रतियोगितामा चौथो स्थान सम्म हासिल गर्ने विद्यार्थीले आगामी चैत्र २७ गतेदेखी २९ गतेसम्म सन्चालन हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन पाउने छन् ।
यता धादिङ क्षेत्र नम्बर १ मा रहेका विद्यालयहरुले पनि विद्यार्थीहरुलाई प्रतियोगितामा सहभागी गराउने तीव्र तयारी गरिरहेका छन् । प्रतियोगितामा सकेसम्म धेरै विद्यार्थी सहभागी गराउने उद्देश्य सहित छनोट खेल गराइएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनराज भण्डारीले बताए ।
क्षेत्र नम्बर ३ को छनोट खेल यसअघि नै सम्पन्न भइरहेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

बजार सुन्दर बनाउन राखिएका गमला अधिकांश भताभुङ्ग

विदाको दुई दिनमा चार लाख भक्तजन पुगे नृसिंहधाम

तोलामा एक हजार नौ सयले बढ्यो सुनको मूल्य

ट्राफिक कारबाहीमा पछिल्लो २४ घण्टामा ११ लाख ५१ हजार राजस्व सङ्कलन

बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि

आजको मौसम केही स्थानमा मध्यम वर्षारहिमपात, तराईमा तातो हावा

हुरीले बिजुली आपूर्तिमा अवरोध, मर्मत जारीमा विद्युत् प्राधिकरण

यो पनि पढ्नुहोस