Wed. May 14th, 2025

हाँस्य टेलिश्रृखलामा दुई जिब्रेमा यसरी हङगामा मच्चाए कलाकारले


असार , धादिङ –

नेपाल टेलिभिजन प्लसबाट हरेक बुधबार राति ८स्०५ बजे प्रसारण हुँदैआएको हास्य टेलिश्रृखला दुईजीब्रेले क्रमश दर्शकको मन जित्दै गएको छ ।

डिएल फिल्मसको प्रस्तुतिको रूपमा आएको दुईजीब्रे नामक सिरियलमा प्राय सबै नयाँ कलाकारको अभिनय रहेको छ । प्रकाश कोइराला र अनुपम पौडेलले दुईजीब्रेको कथा लेखन र निर्देशन गरिरहेका छ्न भने दुर्गा भण्डारी सिरियलका निर्माता गरेका छ्न ।

प्रकाश कोइराला, अनुपम पौडेल, नारायण सिलवाल, दुर्गा भण्डारी, जनक बर्तौला, मिलन राई, बिमल पाठक, अनिता गौतम, प्रज्ञात केसि, प्रीती राई, सबिता खड्का, राजन उप्रेती, बिमल कर्माचार्य, भरत भाट, दिपेन्द्र दाहाल लगायत कलाकारको अभिनय यो सिरियलमा रहेको छ । सबै नयाँ कलाकार तथा नयाँ नै लेखक र निर्देशकहरुले निर्माण गरिएता पनि सिरियलले राम्रो चर्चा कमाउन सफल भएको छ । सिरियल प्रशारणको छोटो समयमा नै आफुले निर्माण गरेको सिरियलले दर्शकको मन जित्दै गएको निर्माता भण्डारीले बताए ।

दुईजीब्रे नितान्त हास्यब्यङ्ग्य सिरियल हो । समाजमा घटने गरेका घटनाहरु र बिकृतीलाई सिरियलमा देखाउने कोसिस गरिएको छ । गाउँको कथामा अधारित हास्य टेलिश्रृखला दुईजीब्रेमा समय सान्दर्भिक कुरा उतार्ने गरेको पाइन्छ । दुईजीब्रेले दर्शकहरुलाई मनोरञ्जन दिनुका साथै समाजमा रहेका बिकृतीको अन्त्यका लागि थोरै भएपनी सन्देश दिएको छ ।

सिरियलमा देखाइने कथा बिल्कुलै फरक शैलीको रहेको र आगामी दिनहरुमा दुईजीब्रे अझ उत्कृष्ट बनाउदै लाने कुरा उक्त सिरियलका कथा लेखक तथा निर्देशक द्वय प्रकाश कोइराला र अनुपम पौडेलले बताए ।

 

२०७४ असार १ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: