अफगानविरुद्व श्रीलंकाको संघर्षपूर्ण जित

फाल्गुन १०, २०७१

Mahela-Jayawardene

१० फागुन, काठमाडौं । विश्वकप क्रिकेटमा श्रीलंकाले एशोसिएट्स नेशन अफगानिस्तानविरुद्ध संघर्षपूर्ण जित हात पारेको छ ।

विश्वकपमा पहिलो जित हात पार्ने क्रममा श्रीलंकाले अफगानिस्तानलाई ४ विकेटले पराजित गर्‍यो । डेब्यू वन डे विश्वकपमा अफगानिस्तानको यो लगातार दोस्रो हार हो । श्रीलंका भने पहिलो खेलमा न्यूजिल्याण्डसँग ९८ रनले पराजित भएको थियो ।

No data was found

आइतबार अफगानिस्तानले दिएको २३३ रनको लक्ष्य श्रीलंकाले माहेला जयबर्धनेको शतकको मदतमा अन्तिम १० बल बाँकी छँदा ६ विकेट गुमाएर छँदा भेट्टायो ।

उसको सुरुवात भने निकै खराव थियो । ओपनर लाहिरु थिरिमाने डाइमन्ड डकआउट ९इनिङकै पहिलो बलमा आउट भए । अर्का ओपनर तिलकरत्ने दिल्सान पनि गोल्डन डक आउट हुँदै पभेलियन फर्किए ।

५१ रन जोड्दा चार विकेट गुमाइसकेको श्रीलंकाको पारी जयबर्धने र एन्जेलो म्याथुले सम्हाले । जयबर्धने र म्याथुले पाँचौं विकेटका लागि १२६ रनको साझेदारी गरे ।

म्याथु ४४ रनमा आउट भए भने जयबर्धने १०० रनमा पभेलियन फर्किए । म्याथु र जयबर्धने आउट भएपछि अफगानिस्तानको खेलमा फर्किने आश देखिएको थियो ।

तर, थिसरा परेरलले आक्रामक पारी खेल्दै २६ बलमा छ चौका र एक छक्काको मदतमा अविजित ४७ रन बनाउँँदै श्रीलंकालाई जित दिलाए ।

अफगानिस्तानका हमिद हसनले ३ विकेट लिए ।

यसअघि युनिभर्सिटी ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तानले असगर स्टानिक्जाईको अर्धशतको मदतमा ४९।४ ओभरमा सबै विकेट गुमाएर २३२ रन बनाएको थियो ।

तेस्रो विकेटका लागि समिउल्लाह सेनवारीसँग ८८ रनको साझेदारी गरेका असगरले ५४ रन बनाए । सेनवारीले ३८ रनको योगदान दिए ।

श्रीलंकाका लासिथ मालिंगा र एन्जेलो म्याथुले ३र३ विकेट लिए भने सुरंगा लकमलले २ विकेट हात पारे।
अनलाइन खबरबाट

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

४४ जिल्लामा आकस्मिक बाढीको जोखिम

विपद् जोखिम न्यूनीकरण प्रभावकारी बनाउन सभामुख अर्यालद्वारा सरकारलाई रुलिङ

प्रतिनिधिसभाः त्रासरहित पत्रकारिता गर्ने वातावरण मिलाउन सरकार समक्ष सचेतक परियारको आग्रह

मनसुनी प्रभाव पूर्वमा पर्न सक्ने पूर्वानुमान

एकैदिन ७३ प्राकृतिक प्रकोपका घटनाः दुई जनाको मृत्यु, एक बेपत्ता

यो पनि पढ्नुहोस