
२१ असार, धादिङ –
साउदी पुर्वी क्षेत्रको विभिन्न कम्पनीमा कार्यरत नेपालीहरुले परदेशीको ब्यथा नामक लघु भिडियो भाग १ र २ निर्माण गरेका छन् । दिपेन्द्र खड्काको लेखनमा रहेको परदेशीको ब्यथा भुम बुढाको निर्देशन , सम्पादन छायांकनमा रहेको छ भने जय भट्ट , सुवाश विशंखे , राज पौडेल , अब्धेस शाह र स्वयं लेखक दिपेन्द्रले भिडियोमा कला भर्दै आएका छन् ।
सम्झौता गरेर आएको कम्पनी छोड्दा नेपालीले दुख पाउने सन्देश पहिलो भिडियोमा रहेको छ भने दोस्रो भिडियोमा जुलाइ अगस्टमा नेपाली लेवरहरुले भोग्नु परेको पीडा झल्काइएको छ जस्तोकि दिनभरकाम गरेर खाना खाने समयमा खाना गनाइरहेको हुन्छ , बेलुका आफ्ना सुपरभाइजरलाई सेल्टरको अनुरोध गर्छन तर सुनुवाइ हुदैन ।
यद्यपि शुरूवाती चरण भएर हुनसक्छ कथाले मागेजस्तै रिएक्सन नपुगेको होकि भन्ने भान हुन्छ तर दोस्रो भिडियोमा प्रस्तुति पहिलो भन्दा धेरै खारिएको र परिपक्व छ । यसरीनै पछिल्लो पटक पुन थपिएको आममाफी , बढ्दै गरेको गर्मी, अवैधानिक रुपमा बस्दै आएका लगायत साउदीमा नेपाली कामदारहरुको वस्तुगत स्थितिलाई ब्यापक बनाउने हो भने कुनैदिन यिनै लघु भिडियोहर्नै सचेतनात्मक कार्यक्रम बन्न सक्छ्न ।
२०७४ असार २१ गते प्रकाशित