Wed. May 14th, 2025

पल्पसाकोे निर्देशनमा बाह्रमासे बन्दै, पत्रकार पौडेलको पनि अभिनय रहने

३० असार, धादिङ –

नेपाली पत्रकारिता क्षेत्रमा निरन्तर काम गर्दै आएका धादिङका पत्रकार जनार्जन पौडेलले सिनेमा क्षेत्रमा प्रवेश गर्न लागेको बताएका छन् ।

पल्पसा डंगोलले निर्देशन गर्न लागेको चलचित्र १२ मासेमा उनी सानो भूमिकामा देखिन लागेका हुन् । यस अघि उनले हाँस्य टेलिश्रृंखला हाक्काहाक्कीमा समेत अभिनय गरिसकेका छन् । टेलिभिजनको पर्दामा नक्कली प्रचण्डको भूमिका निभाउदै आएका कलाकार प्रदिप पाठकको निर्माणमा बन्न लागेको यस चलचित्रमा नेपालका चर्चित पत्रकार ऋषि धमलाले पनि अभिनय गर्दैछन ।

चलचित्रमा भद्रगोलका निर्माता एवम चर्चित कलाकार सुवास कार्की९बेलासे०मुख्य पात्रका रुपमा देखिने भएका छन् ।

यसका साथै चलचित्रका अन्य कलाकारहरुमा मधुसुधन पाठक९सीते बा० सीपी पुडासैनी९धतुरे० गोविन्द कोइराला ९जयन्ते ० सुरविर पण्डीत,रामचन्द्र अधिकारी,केदार न्यौपाने,निर्मल शर्मा९गैंडा०,अरुणा कार्की,रोहित दंगाल,रोहन ,राधा लम्साल९भावु० निरु खड्का९निर्मली०बजगाइँ,सुदिप बराल,सुशिल सैंजु,अमृता भट्ट,पत्रकारहरु ऋषि धमला र जनार्जन पौडेल लगायत रहेका छन् ।

चलचित्रमा दुईवटा गीतहरु रहने र दुईवटै गीतमा हालका चर्चित गायिका मिना निरौला र सञ्जय बरालको स्वर रहने छ । सिनेमा कार्तिक पहिलो हप्ता अर्थात तिहारमा रिलीज गरिने निर्माण पक्षले बताएको छ ।

 

२०७४ असार ३० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: