अनेरास्ववियु धादिङको २३ औँ जिल्ला सम्मेलनको तयारी तीब्र

फागुन १७, २०७१

studinnt
१७ फागुन धादिङ । नेकपा एमाले सम्बद्ध अनेरास्ववियु धादिङको २३ औँ जिल्ला सम्मेलनको तयारी तीब्र पारिएको छ ।

फागुन २२ र २३ मा हुने जिल्ला अधिवेशनका लागि अहिले बजार क्षेत्र र राजमार्ग क्षेत्रहरुमा व्यानर तथा प्रचारका सामग्रीहरु टाङने कार्य भईरहेको छ भने आर्थिक संकलन कार्य पनि भइरहेको प्रचार प्रसार संयोजक दोलख गुरुङले जानकारी दिनुभयो ।

सम्मेलनका लागि प्रतिनिधि व्यवस्थापनको कार्य सुरेन्द्र वि.क र आर्थिक संकलनको कार्य भुवन श्रेष्ठले गरिरहनु भएको छ । सम्मेलनले ३९ सदस्यीय नयाँ जिल्ला कमिटिको गठन गर्नेछ ।

No data was found

धादिङको नलाङ गाँउ विकास समितिको वडा नं ५ मा रहेको सिद्धेश्वर उच्च माध्यमिक विद्यालयमा हुने सम्मेलनलाई नेकपा एमालेका केन्द्रिय सचिव प्रदिप ज्ञावालीले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको अनेरास्ववियु धादिङले जनाएको छ ।

सम्मेलनका लागि स्कुल तथा क्याम्पस तहहरुमा नयाँ कमिटि गठन तथा पूराना कमिटिको पूर्नगठन कार्य भइरहेको छ । सम्मेलनका लागि माध्यमिक विद्यालयबाट दुई जना, उच्च माध्यमिक विद्यालयबाट एक जना महिला सहित तीन जना र क्याम्पस तहबाट दुई जना महिला सहित पाँच जना सम्मेलन प्रतिनिधि आउन पाउने व्यवस्था रहेको अनेरास्ववियु धादिङका अध्यक्ष सन्तोषराना क्षेत्रीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

‘डिजिटल पार्लियामेन्ट प्लेटफर्म’ को परीक्षण सुरु

नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो

बाढीपीडितका समस्या समाधानमा सांसदहरूको जोड

कृष्णभिरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

यो पनि पढ्नुहोस