१९ फागुन, काठमाडौं । काठमाडौंको तीनकुनेमा मंगलबार साँझ भएको सवारी दुर्घटनामा हिरा लामाको मृत्यु भएको छ । दुर्घटनामा उनका श्रीमान घाइते भएका छन् ।
ना २ ख २७३५ नम्बरको डिजेल बोक्ने ट्यांकरले बा ५२ प ५८३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि बसेकी काभ्रेकी लामाको मृत्यु भएको छ ।
दुर्घटनामा चालक गणेशबहादुर लामा घाइते भएका छन् । मोटरसाईकललाई ओभरट्याक गरेर जान लाग्दा ट्याङकरको अगाडि र पछाडिको चक्का बिचमा झुण्ड्याइएको बाल्टीले मोटरसाईकललाई हानेको थियो ।