Wed. May 14th, 2025

अनौठो बिहेः कसैले हावामा त कसैले समुद्र मुनि

जीवनको सबैभन्दा महत्त्वपूर्ण क्षण बिहे नै हो भन्दा फरक नपर्ला । त्यसैले यो अनुपम क्षणलाई मानिसहरु खास बनाउन चाहन्छन । अरुले भन्दा फरक ढंगले आफ्नो बिहे गर्ने सोच आउँदो रहेछ कसैकसैलाई ।

त्यसैले कसैले हावामा उडेर बिहे गर्छन त कसैले समुद्रमा डुबेर । आउनोस दुनियाका यस्ता केही अनौठा बिहेको बारेमा जानौं ।

रेल स्टेशनसँग बिह

क्यालिफोर्नियाकी ४५ वर्षीया क्यारोललाई त्यहाँको सेन्टा फे रेलवे स्टेशन यतिधेरै मन प¥यो कि उनले रेल स्टेशनसँगै बिहे गरिन । नौ वर्षकी हुँदादेखि नै उनले रेल स्टेशनलाई माया गर्थिन ।

उनले अहिले रेलवे स्टेशनलाई आफ्नो पार्टनर ठानेर सुम्सुम्याउँछिन । रेलवे स्टेशन आफूलाई छाडेर कहीँ पनि नजाने विश्वास उनको छ ।

समुद्रमुनि बिहे
गत जनवरीमा भारतको केरलामा समुद्रको गहिरो पानीमा एक अनौठो बिहे सम्पन्न भयो । निखिल पवारले स्लोभाकियाकी युनिका पोगरणलाई पानीको गहिराईमा आफ्नी दुलही बनाए ।
सगरमाथामा बिहे
गत मे मा अमेरिकाको क्यालिफोर्नियाको एक जोडीले सगरमाथामा बिहे गर्यो । ३५ वर्षका जेम्स तथा ३२ वर्षकी एश्लेले आफ्नो बिहे सगरमाथाको १७ हजार फिट उचाइस्थित आधार सिविरमा गरे ।

तर यिनीहरुको बिहे कीर्तिमानी चाहिँ होइन । यसअघि नै एक नेपाली जोडीले सगरमाथाको चुचुरोमै बिहे गरेर कीर्तिमान राखिसकेको छ ।

अनलाईन खबरबाट साभार

हावामा बिहे
गत वर्षको अगष्टमा भारतको महाराष्ट्रको कोल्हापुरमा एक जोडीले हावामा बिहे ग¥र्यो । पर्वतीय पदयात्राका शौखिन जयदीप जाधव र रेशमा पाटिलले ५ सय फिट उचाइमा झुण्डिएर बिहे गरे । बिहे गराउने पण्डित पनि हावामै थिए ।
२०७४ असोज ८ गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: