सुरक्षित आप्रवासन सम्बन्धी दुई दिने तालिम सुरु

फागुन २२, २०७१

IMG_8208
२२ फागुन, धादिङ ।  धादिङ जिल्लामा रहेका पत्रकारहरुका लागि सुरक्षित आप्रवासन सम्बन्धी दुई दिने तालिम शुक्रबारबाट धादिङबेसीमा सुरु भएको छ ।

चन्द्रज्योति एकिकृत ग्रामीण विकास समाज सिड्स धादिङ र समी हेल्भेटार इन्टरकोअपरेसन नेपालको संयुक्त आयोजनामा सञ्चालन गरिएको तालिममा धादिङ जिल्ला भर रहेका विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीहरुको सहभागीता रहेको छ ।

तालिमको पहिलो दिन कान्तिपुर दैनिकका दिनेश रेग्मीले माइग्रेसन र सञ्चारमाध्यममा यसको महत्वका विषयमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । वैदेशिक रोजगारीमा परेर अलपत्र बनेकाहरुको विषयमा समाचार संकलन गर्ने तरिका, वैदेहिक रोजगारमा पठाइने विभिन्न माध्यमहरुको कसरी रिपोर्टिङ गर्ने भन्ने विषयमा तालिममा सिकाइएको थियो । वैदेशिक रोजगारीमा जाने र जान चाहनेहरुलाई कसरी परामर्श गर्ने भन्ने विषयमा जानकारी गराइएको थियो । तालिममा वैदेशिक रोजगारमा गएर अलपत्र परेका विषयमा वृतचित्र पनि देखाइएको थियो ।

No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

घण्टाकर्ण पर्व मनाइँदै

अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण

देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गरिने

बालुवा उद्योग विवाद र पालिका अध्यक्षको ‘इगो’: सिद्धलेक-७ नं. वडामा अनिश्चितकालीन तालाबन्दी

यो पनि पढ्नुहोस