Wed. May 14th, 2025

गायनमा अब्वल बन्दै सरिता


३० असोज,  धादिङ –

 

अधिकांश कलाकार आफ्नो गायनलाई अगाडी बढाउनका लागि राजधानी नै ताक्छन् । तर कलाकार सरिता गुरुङ श्रेष्ठ आफ्नो कलाकारिता मोफसलमा बसेर नै अगाडी बढाएकी छन् । । काठमाण्डौँ बसेर कलाकारिता गरेका कलाकारले बजारमा ल्याउने भन्दा कम छैनन् गुरुङका गीत । २०३० सालमा मंसिर १० गते बाग्लुङ जिल्लाको अमरभुमीमा जन्मिएका गुरुङलाई सानै देखि गीत गाउन रहर थियो । यही रहर मेटाउनको लागि २०६१ सालदेखि गायन क्षेत्रमा प्रबेश गरेकी सरिताले अहिले पनि निरन्तरता दिइरहेका छन् । बुबा नन्दप्रसाद गुरुङ र आमा नरमायाँ गुरुङको कोखबाट जन्मेकी उनले बाग्लुङमा भएको समयमा गाउने त्यति अवसर पाएनन् ।

सानैदेखि गीत लेख्ने र गुनगुनाउने बानी उनको थियो । उनले २०६१ सालको चितवन महोत्सवको स्टेज कार्यक्रममा गाउने अवसर पाए। सो अवसरमा आँफैले रचना गरेको सिमल छायाँले बोलको गीत गाएर स्टेज तताएका थिए । त्यहाँ लोक दोहोरी प्रतियोगितामा समेत सहभागी बनेर प्रथम भएका थिए ।

महोत्सवमा प्रथम भएको उत्साह र सानैदेखि गीत गाउने बानी परेका गुरुङले २०६३ सालमा आफ्नो पहिलो एल्बम समेत निकाले। उनको पहिलो एल्वम लाई हालौँ परिती र सिमल छायाँल बोलको गीत हो । त्यो समयमा उनको गीत राम्रै चलेका थिए । गायन क्षेत्रलाई अगाडी बढाउने क्रममा गुरुङले २०६७ सालमा नाचमकी झै लाग्यो मादलुको तालमा बोलको तीज गीत आफ्नो दोस्रो एल्बमको रुपमा बजारमा ल्याइन्। गीतले उनलाई राष्ट्रिय स्तरमा नै परिचित बनायो । त्यति बेला सो गीतले बजार तताएपछि उनले प्रत्येक वर्ष झै एउटा तीजको गीत बजारमा ल्याउदै आएकी छन् ।

उनको कसो गरम चमेली ,पानी पर्यो दरकेर, म माईत जान्छु, मलाई त कति मजा हो साथमा बरीलै, घन्कियो मादलु, साथमा आमाले दिएको सिरफुल, जस्ता तीज गीत बजारमा आएका छन् । लोक गीत तर्फ छड्के नजर, सररहावा, डमडम गर्ने डमरु जस्ता गीत गुरुङले बजारमा ल्याएृकी छन् । गुरुङले गीत मात्र बजारमा ल्याएका छ्रैनन् काठमाण्डौँका भिडियो कम्पनीलाई चितवन ल्यार समेत आफ्ना गीतको छायाँङकन गर्दै आएका छन् । चितवनको चिनारीका लागि यहाँ ल्याएर म्युजिक भिडियो बनाउने गरेको उनको दाबी छ ।

गुरुङलाई अहिले देश विदेशका स्टेज कार्यक्रम जानको लागि भ्याई नभ्याई छ । अहिले सम्म कतार, जापान, युके ,दुबई, लगायत देशका स्टेज कार्यक्रममा उनले आफ्ना गीतहरु प्रस्तुत गरिसकेका छन् । उनले विभिन्न कार्यक्रमहरुमा सम्मान समेत प्राप्त गरेका छन् ।

२०७४ असोज ३० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: