लोकदोहोरी प्रतियोगीतामा पार्वती आमा समूह प्रथम

फाल्गुन २५, २०७१

IMG_8613

धादिङ – १ सय ५ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित महिला हिंसा विरुद्ध भएको सचेतनामूलक लोकदोहोरी प्रतियोगीतामा पार्वती आमा समूह प्रथम भएको छ ।

प्रतियोगीतामा प्रगतिशिल महिला समूह द्धितीय, सादभन्ञ्याङ आमा समूह तृतयिा, कोपीला समूह र देउराली आमा समूह सान्त्वना भएका छन् । सहयात्री समाज नेपालको आयोजनामा भएको कार्यक्रममा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय स्थानीय युवा साझेदार कार्यक्रम जिल्ला विकास समिति र, जिल्ला प्रहरी कार्यलय धादिङको सहयोगमा गरिएको प्रतियोगीतामा धादिङको मुलपानी गाँउ विकास समिति भित्रका विभिन्न १३ वटा आमा समूहहरुको सहभागीता रहेको थियो ।प्रतियोगीतामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुने समूहहरुलाई कार्यक्रमका प्रमुख अतिथि धादिङका सहायक प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्माले क्रमश १५ सय, १ हजार, ७ सय र ५ सय नगद सहित प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

सहयात्री समाज नेपालका सभिव विष्णु सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश मल्ल, जिल्ला विकास समिति धादिङका सामाजिक विकास अधिकृत विनोद अर्याल, महिला तथा बालबालिका कार्यलय धादिङका निर्मला केसी लगायतले शुभकामना दिनुभएको थियो ।

यस वर्षको नारा महिला सशक्तिकरण नै मानिविय सशक्तिकरणको तस्विर हो, लैङ्गिक मैत्री संविधान महिला हिंसाको निदान तय गरिएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

समानुपातिकबाट धादिङमा थपिए बसुमाया, सीता र सरस्वती !

समाजमा बढ्दो लैङ्गिक विभेद र हिंसा: कारण, चुनौती र समाधान

प्रविधि, पुस्ता र परिवर्तनले ल्याएको राजनीतिक उथलपुथल

समानुपालिक सांसदमा एमालेबाट धादिङका पुष्पराज कँडेल र गंगादेवी श्रेष्ठ

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान 

जहाँबाट ‘कोसेली’ नबोकी फर्किन्नन् पर्यटक 

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

यो पनि पढ्नुहोस

समानुपातिकबाट धादिङमा थपिए बसुमाया, सीता र सरस्वती !

समानुपालिक सांसदमा एमालेबाट धादिङका पुष्पराज कँडेल र गंगादेवी श्रेष्ठ

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान 

जहाँबाट ‘कोसेली’ नबोकी फर्किन्नन् पर्यटक 

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

गृहमन्त्रीसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलको प्रतिवेदन पेस