Sat. Jul 5th, 2025

नुवाकोटमा एम्बुलेन्स दुर्घटना, १ को मृत्यु

२१ कात्तिक, नुवाकोट

तादी गाउँपालिका–४ सुन्दरादेवीको बाह्रबिसेमा गएराति एम्बुलेन्स दुर्घटना हुँदा मकवानपुर मनहरीका सन्दीप भारतीको मृत्यु भएको छ ।

समुन्द्रटारबाट काठमाडौँतर्फ जान लागेको कान्तिपुर डेन्टल जनरल हस्पिटल, नयाँबजार, काठमाडौँबाट सञ्चालनमा रहेको बा १६ च ८९७ नंं को एम्बुलेन्स दुर्घटना हुँदा २४ वर्षीय भारतीको घटनास्थलमा नै मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ ।

गएराति एम्बुलेन्स दुर्घटना भएर सडकबाट करिब ५० मिटर तल पुगेको जिप्रका नुवाकोटका प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिए ।

एम्बुलेन्स दुर्घटनालगत्तै उद्धारका लागि स्थानीयवासी र प्रहरी घटनास्थलमा पुगे पनि एम्बुलेन्सका अन्य व्यक्ति सम्पर्कविहीन भएका छन् । एम्बुलेन्समा समुन्द्रटारबाट तीनजना चढेर काठमाडौँ जान लागेको भए पनि दुर्घटनापछि बाँकी दुईजना सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । एम्बुलेन्सका चालक को थिए भन्नेसमेत खुल्न बाँकी छ ।

२०७४ कात्तिक २१ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: