
२२ कात्तिक, धादिङ
निलकण्ठ नगरपालिका १२ अन्तर्गत पशुपति मन्दिरमा धार्मिक महोत्सव २०७४ तथा कार्तिक मेला वुधवार छैटौ दिन पनि जारी छ ।
धादिङ, निलकण्ठ नगरपालिका धार्मिक महोत्सव एवम् महायज्ञ सम्पन्न समितिको आयोजनामा निर्माणधिन रहेको विन्दुकेशरा वृद्धाश्रम सम्पन्न गर्ने उदेश्यका साथ विहीवारदेखि सुरु गरिएको हो ।
महायज्ञमा बाल तपस्वी पण्डित श्री उत्तम भट्ट जी महाराजको मुखारबिन्दराट कथा प्रवचन भएको छ । महायज्ञ कात्तिक २४ गते सम्म सञ्चालन हुनेछ ।
धार्मीक महोत्सवमा मंगलवार ८ लाख रुपयाँ नगद संकलन भएको छ । सवैभन्दा वढि दान गर्ने निलकण्ठ १२ का केशव रिजाल र अम्विका रिजाल दम्पती रहेका छन् । उनले १ लाख ११ हजार १ सय नगद सहित ६ लाख आनाको ४ आना जग्गा दान गरेको आयोजकले जनाएको छ ।
२०७४ कात्तिक २२ गते प्रकाशित