
२३ कात्तिक, धादिङ –
मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको लागि धादिङमा ८६ वटा मतदान स्थल अति संवेदनशिल रहेका छन् ।
१ सय ९ वटा मतदान स्थल रहेको धादिङमा ८६ वटा अति संवेदनशिल र २३ वटा संवेदनशिल मतदान स्थल रहेको धादिङका प्रहरी उपरिक्षक धुर्वराज राउतले बताए । जिल्लामा प्रत्येक मतदान स्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी गरेर १५ देखि १७ जना सम्म सुरक्षाकर्मी खटाइने राउतले जानकारी दिए ।
निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय धादिङले मोवाईल स्ट्रायकिङ सेवा संचालन गर्ने छ । जिल्लामा रहेका १३ वटा पालिकाहरुमा २८ वटा मोवाईल परिचालन गरिनेछ ।
निर्वाचनका लागि धादिङ जिल्लामा २ सय ७५ मतदान केन्द्र र १ सय ९ मतदानस्थल निर्धारण गरिएको छ । मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनका लागि धादिङमा ५६ हजार ३ सय ८० जना पुरुष, ५८ हजार ९ सय ५९ जना महिला र १ जना तेस्रोलिङगी गरी २ लाख ३३ हजार ४ सय ७५ जना मतदाता छन् । ५६ हजार ३ सय ८० जना पुरुष, ५८ हजार ९ सय ५९ जना महिला र १ जना तेस्रोलिङगी रहेका छन् ।
२०७४ कात्तिक २३ गते प्रकाशित