
२४ कात्तिक, धादिङ –
धादिङ जिल्लामा जन्मिएका गायक हरि सुनारको निकै मर्मस्पर्सी लोक दोहोरी गीत “कोमल मन” बजारमा आएको छ । भावाना म्युजिक सोलुसन प्रालिले बजारमा ल्याएको हो।
गीतमा हरि सुनार र देवी घर्तीको सुमधुर स्वर सुन्न सकिन्छ भने यस गीतलाई लय धुर्ब राजा धितालले तयार पारेका छन् । त्यसैगरी नेपाली गीत संगीतको क्षेत्रमा बिगत निकै लामो समय यता देखि समर्पित धादिंग जिल्लामा नै जन्मिएका कलाकार प्रदिप अधिकारीले यस गीतको शब्द तयार पारेका छन् ।
गायक हरी भन्छन् पश्चिमी संस्कृतिले छोपेको हाम्रो सांगीतिक क्षेत्रमा हामी जस्ता सचेत नागरिकहरु कुनै वडार मै सिमित हुने हो भने भोलि हाम्रो लोक गीतको पहिचान हामीले अन्य कुनै बेदिशीहरु संग बुझ्न बाध्य हुनेछौं । त्यसैले आफ्नै कला संस्कृति र मौलिकताले भरिपुर्ण मैले यो “कोमल मन” बोलको गीत लिएर आएको हुँ ।
२०७४ कात्तिक २४ गते प्रकाशित