Sat. Jul 5th, 2025

धादिङको थाक्रेमा बस दुर्घटना, ४ जना घाईते


२६ कात्तिक,  धादिङ –

पृथ्वी राजमार्ग अन्र्तगत धादिङको थाक्रे गाउँपालिका वडा नं १ मा बस दुर्घटना भएको छ ।

विराटनगरबाट काठमाडौँ जाँदै गरेको ना ६ ख ७६८७ नम्बरको गाडी आइतबार बेलुका कान्तिपुर होटलमा खाना खाएर पछाडि हटाउने क्रममा सडकबाट ५० मिटर तल खसेको हो ।

दुर्घटनामा चार जना घाईते भएका छन् । घाईते मध्ये दुईलाई उपचारका लागि काठमाडौँ पठाइएको छ भने दुई जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

 

 

२०७४ कात्तिक २६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: