Sat. Jul 5th, 2025

नागढुङ्गा–कोटेश्वर–धुलिखेल रेलमार्ग अध्ययनको जिम्मा लगानी बोर्डलाई

 

२७ कात्तिक काठमाडौं–

नागरिक लगानी बोर्डले नागढुङ्गादेखि कोटेश्वर हुँदै धुलिखेलसम्मको रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययने गर्ने भएको छ ।

सोमबार प्रधानमन्त्री कार्यालयमा बसेको बोर्डको बैठकले लगानी बोर्डलाई सम्भाव्यता अध्ययन गर्दै यसको निर्माण अघि बढाउन जिम्मा दिएको छ ।

हालै मात्रै लगानी बोर्डले रेलको बारेमा एक अध्ययन रिपोर्ट तयार पारेको थियो । जसलाई सोमबार बसेको बोर्डको बैठकमा पेश गरिएको थियो ।

रिपोर्ट अनुसार काठमाडौंमा ७९ किलोमिटर रेलमार्ग ३ खर्ब १६ अर्बमा निर्माण गर्न सकिन्छ । जसमा रुट एक लगानी बोर्ड आफैले अघि बढाउुनपर्ने भनि उल्लेख गरिएको थियो ।

२०७४ कात्तिक २७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: