Sat. Jul 5th, 2025

प्राधिकरणका ४ कार्यकारी सदस्यलाई ३१ जिल्ला अनुगमन गर्ने जिम्मा

२७ कात्तिक, काठमाडौँ–

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित ३१ जिल्लामा समग्र पुनर्निर्माण कार्यहरूको अनुमगन तथा सहजीकरण गर्न कार्यकारी समिति सदस्यहरुलाई जिम्मेवारी दिएको छ ।

प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले अनुगमन कार्य क्षेत्र छुट्टाएर कार्यकारी समिति सदस्यहरू चन्द्रबहादुर श्रेष्ठ, धुव्रप्रसाद शर्मा, हरिराम पराजुली र बिष्णु बहादुर भण्डारीलाई भूकम्प पीडित ३१ जिल्लामा हुने र भैरहेका पुनर्निर्माणसँग सम्बन्धित समग्र कार्यहरूको अनुगमन तथा सहजीकरण गर्ने जिम्मेवारी दिएका हुन्।

कार्यकारी समिति सदस्य हरिराम पराजुलीलाई गोरखा, धादिङ, नुवाकोट, रसुवा, पर्वत, बाग्लुङ, म्याग्दी र चितवनको जिम्मेवारी दिइएको छ । यसैगरी कार्यकारी समिति सदस्य धुव्रप्रसाद शर्मालाई सिन्धुपाल्चोक, दोलखा, काठमाण्डौ, कास्की, लमजुङ, तनँहु , स्याङजा र अर्का कार्यकारी सदस्य बिष्णु बहादुर भण्डारीलाई रामेछाप, ओखलढुंगा, सिन्धुली, भक्तपुर, धनकुटा, संखुवासभा, भोजपुर, सोलुखुम्बु र खोटाङको जिम्मेवारी तोकिएको छ ।

यस्तै कार्यकारी सदस्य चन्द्रबहादुर श्रेष्ठलाई मकवानपुर, ललितपुर, काभ्रे, गुल्मी, अर्घाखाँची, पाल्पा र नवलपरासी हेर्ने गरि जिम्मेवारी तोकिएको छ ।

२०७४ कात्तिक २७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: