Sat. Jul 5th, 2025

खानीखोलामा माइक्रो दुर्घटना, ३ जना घाईते


२७ कात्तिक,  धादिङ –

त्रिभुवन राजपथ अन्तर्गत धादिङको धुनिबेशी नगरपालिका –७, खानीखोलामा सोमबार दिउँसो माइक्रो दुर्घटना हुदाँ ३ जना घाईते भएका छन् ।

काठमाण्डौँबाट पोखरा तर्फ जाँदै गरेको बा ४ ख ३४९८ नम्बरको माइक्रोले बा ३ ख ८२७३ नम्बरको माइक्रोलाई ओभरट्याक गर्ने क्रममा अनियन्त्रित भई कालोपत्रे गर्ने मेसिनमा ठोक्किएको दुर्घटना भएको हो ।

दुर्घटनामा कालोपत्रे काम गरिरहेका तीन जना घाईते भएका छन् । घाईतेहरुको काठमाडौँमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिएको छ ।

घाईतेको नाम खुल्न बाँकी रहेको छ । माइक्रो र माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।

२०७४ कात्तिक २७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: