२९ कात्तिक धादिङ –
मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन अब केही दिन मात्र बााँकी छ ।निर्वाचनका लगि चाहिने सबै सामग्री सम्बन्धित क्षेत्रमा पुगिसको छ । त्यससँगै मतदाता शिक्षाका लागि पनि निर्वाचन आयोगबाट खटिएका कार्यकर्ताहरु गाउँ बस्ती पुगिसकेका छन् ।
दुईवटा चुनाव एकैपटक हुने भएकाले दुवै तहका लागि प्रत्यक्ष र समानुपातिक गरी दुईदुई ठाउँमा छाप लगाउनुपर्छ । निर्वाचन आयोगले प्रत्यक्षतर्फको मतपत्र फरक फरक बनाएको छ भने समानुपातिकतर्फको मतपत्र एउटै पानाको माथि प्रतिनिधिसभा र तल प्रदेशसभाका लागि छाप लगाउनुपर्छ । मतदानका लागि जाँदा निर्वाचन आयोगले दिएको परिचयपत्र वा अरु आधिकारिक प्रमाणपत्र लिएर जानुपर्छ । मतदान केन्द्रमा पुगेपछि कर्मचारीले परिचयपत्र रुजु गरेपछि नङमा कालो मसी लगाइदिन्छन् । आसन्न चुनावमा तीनवटा मतपत्रमा चार ठाउँमा छाप लगाउनु पर्छ ।
मतदान अधिकृतले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको हल्का निलो रंगको मतपत्र दिनेछन् । त्यो मतपत्रमा स्वस्तिक छाप लगाएर मतपेटिकामा खसालेपछि सँगै रहेका कर्मचारीले प्रदेशसभाको प्रत्यक्षतर्फको अर्को मतपत्र दिनेछन् । त्यो मतपत्र कालो रंगको हुन्छ । त्यसलाई पनि छाप लगाएर बाकसमा खसालेपछि समानुपातिकतर्फको हल्का रातो रंगको मतपत्र अर्का कर्मचारीले दिनेछन् । त्यसको माथिल्लो भागमा प्रतिनिधिसभा र तल्लो भागमा प्रदेशसभाका लागि एक एकवटा चिन्हमा छाप लगाएर नजिकैको मतभेटिका खसाल्नुपर्छ ।
भिडयो हेर्नुहोस