Sat. Jul 5th, 2025

चुनावी अभियानका क्रममा एमाले नेता राजेन्द्रप्रसाद पाण्डे लडेर घाईते

२९ कात्तिक,  धादिङ – 

नेकपा एमालेका नेता राजेन्द्रप्रसाद पाण्डे चुनावी अभियानका क्रममा लडेर घाईते भएका छन् ।

धादिङको धुनिबेशी नगरपालिका – ७ तोप्लाङमा घरदैलो अभियान सकि मजुवा लिखुतर्फ जाँदै गर्दा बाटोमा चिप्लीएर लडेको पाण्डेका स्वकिय  सचिव दिनेश घिमिरेले जानकारी दिए ।

घाईते भएका पाण्डेको नौबिसेमा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरी थप उपचारका लागि काठमाडौँको मनमोहन मेमोरियल शिक्षण अस्पतालमा लगिएको छ ।

पाण्डे धादिङको प्रतिनिधि सभा क्षेत्र नं १ को प्रदेशसभा तर्फ क्षेत्र नम्बर १ बाट मंसिर १० गते हुने निवार्चनका उम्मेदवार हुन् ।

२०७४ कात्तिक २९ गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: