
२९ कात्तिक, धादिङ –
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेपाली कांग्रेसविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका छन् । पहिलो पटक एउटै मञ्चमा चुनावी कार्यक्रममा सहभागी भएका उनीहरुले बाम गठबन्धनका उमेदवारलाई जिताउन गोरखाबाट संयुक्त चुनावी सभा गरेको छन् ।
बुधबार गोरखाको पालुङटार, आरुघाट लगायतका क्षेत्रमा चुनावी सभालाई सम्बोधन गर्दै ओली र प्रचण्डले अब वामपन्थी आँधी आउने र त्यो आँधीले कांग्रेसलाई बढार्ने दाबी गरे । डा। बाबुराम भट्टराईलाई उम्मेदवारी छाडेर माओवादीमा आउन आग्रह गरे ।
लामो प्रयासपछि वाम एकताको वातावरण बनेको भन्दै प्रचण्डले तत्कालिन एमाले महासचिव मदन भण्डारीसाग समेत सो विषयमा कुरा भएको तर छलफलले गति लिनै लाग्दा उनको निधन भएको समेत प्रचण्डले स्मरण गरे।
यस्तै एमाले अध्यक्ष ओलीले मंसिर १० र २१ गते बामपन्थी आँधी आउने भन्दै त्यो तुफानले कांग्रेसलाई बढार्ने उद्घोष गरे । उनले भट्टराईलाई लक्षित गर्दै देश अगाडि बढाउने प्रयाससँग टकराव गरेर कोहि यसलाई रोक्न खोज्छ भने त्यो बबुरामात्रै हुने टिप्पणी गरे ।
२०७४ कात्तिक २९ गते प्रकाशित