

३० कात्तिक, धादिङ –
नेपालकै होचा कलाकार दिपेन शाहको निधन भएको छ ।
पारिवारिक स्रोतका अनुसार केही दिनअघि ज्वरो आएर आस्पताल भर्ना भएका शाहको उपचारको क्रममा विहिबार बिहान ७ बजे निधन भएको हो । स्रोतका अनुसार उनको दुई वटै मृगौला फेल भएर मुटुमा पनि असर पुगेपछि उनको निधन भएको हो ।
२०५५ सालमा दोलखाको भीमेश्वर नगरपालिका मकैवारीमा जन्मिएका कलाकार हाँस्यचलचित्र ‘छेउ न टुप्पो’ र ‘झ्याइँकुटी झ्याइँ’ मार्फत लोकप्रिय बनेका थिए ।
३१ इन्च मात्र अग्ला रहेका शाहले ‘सारथी’ नामक चलचित्रबाट अभिनयको यात्रा शुरु गरेका थिए । उनी ललितपुरको डाँफे स्कूलमा कक्षा १० मा अध्ययनरत थिए ।
केही समयअघि उनले विश्वकै सबैभन्दा होँचो कलाकारको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकडमा नाम लेखाउन प्रयास पनि थालेका थिए ।
२०७४ कात्तिक ३० गते प्रकाशित