Wed. May 14th, 2025

भारतकी मानुषी बनिन् मिस वर्ल्ड २०१७


२ मंसिर,  धादिङ –

मिस वर्ल्‍ड २०१७ को ताज भारतका मानुषी छिल्लरले जितेकी छन्। शनिबार चीनको सनायामा आयोजित फाइनल प्रतियोगीतामा एक सय आठ जनालाई पछि पार्दै मानुषीले मिस वल्डको उपाधि जितेकी हुन्।

दोस्रो हुनेमा मेक्सिकोकी एन्ड्रिया मेजा छन् भने तेस्रो उपाधि इंल्याण्डकी स्टेफनी हीलले जितेकी छन्। भारतले १७ वर्षपछि मिस वर्ल्डको उपाधि जितेको हो। सन् २००२ मा अभिनेत्री प्रियंका चोपडापछि कोही भारतीयले मिस वर्ल्डको ताज पहिरिएका थिएनन्।

भारतबाट सन् १९९७ मा डायना हेडन, १९९४ मा ऐश्वर्य राय र १९९९ मा युक्ता मुखी मिस वर्ल्ड भएका छन्। यस वर्षको मिस वर्ल्डमा नेपालका तर्फबाट निकिता चाण्डक प्रतिस्पर्धामा थिइन्। उनी उत्कृष्ट ४० मा पर्न सफल भएकी थिइन्।

२०७४ मंसिर २ गते प्रकाािशत

About The Author

अन्य समाचारहरु: