
सृजना लम्साल / ९ मंसिर, धादिङ –
गाउँ, शहरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको रौनक लागि रहदाँ भूकम्प पीडित बस्ती भने शून्य भएको छ ।
२०७२ सालमा आएको विनाशकारी भुकम्पपछि सदरमुकाम आसपासका शिविरमा यतिबेला वृद्धवृद्धा र बालबालिका मात्र छन् ।
निर्वाचनमा भोट हाल्न गाउँतिर लागेपछि शिविर पनि खाली जस्तै देखिएको छ । उत्तरी धादिङको रुविभ्याली, खनियाबास गाउँपालिकाका भूकम्प पीडितहरु गाडी नै रिजर्भ गरेरभोट हाल्न गएका छन् ।
हिड्न सक्नेहरु भोट हाल्न गएका छन् भने १६ वर्षंभन्दा मुनिका बालबालिका र वृद्धवृद्धा मात्र छन् ।
भुकम्पले बस्ती नै जोखिममा परेपछि गाँउ छाडेर सदरमुकाम आसपास वस्दै आएका पीडितहरु अव निर्वाचित भएर आउने नेताहरुले आफ्ना समस्या वुझिदिन्छन् कि भन्ने आशामा भोट हाल्न गाँउ जान लागेका रुविभ्याली गाँउपालिका ४ का होम बहादुर गुरुङ बताउछन् ।
आफ्नो घर जमिन सबैै त्यागेर बस्दै धादिङ सदरमुकाम आसपास वस्दै आएका पिडीतहरु गाँउमा नै फर्कने वातावरण बनाईदिन्छन् कि भन्ने आशामा दुई, तीन दिन लगाएर भोट हाल्न गाउँ हिडेका छन् ।
यतिखेर शिविर सुनसान जस्तै बनेको छ । साना बालबालिकाहरु आगनमा नाचिरहेका छन् , सुत्केरी काखे बालकका आमाहरु मात्र छन् । आँखाभरी आँशु वनाउदै वाजेले अर्जेको सम्पती छोडेर यहाँ आएर बस्नुको पीडा पनि कम छैन खनियावास ३ कि निरमाया तामाङलाई उनी भन्छिन्, अब गाँउमा वस्ने वातावरण बनाईदिन्छन् कि नेताहरुले त्यहि भएर भोट हाल्न जान लागेको । निरमाया भन्छिन् नेताले गाँउमा वाटो पु¥याएपनि हामी गाउँमै बस्थ्यौ।
वृद्धवृद्धा हिड्न नसक्ने र बच्चा स्याहार गरेर बसेका केही मतदाताहरु पहिलोपटक देश संघियतामा गएपछि भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भोट हाल्न नपाउदा दुखेसो पोखेका छन् ।
चुनावमा आफ्नो मताधिकार प्रयोग गरी जनप्रतिनिधि चुन्ने सुनौलो अवसरबाट बञ्चित हुन बाध्य भएको तिप्लिङका हेम बहादुर तामाङ बताउछन् । विरामी भएर पेटको शल्यक्रिया गरेको कारण हिड्न नसक्ने र खर्च नभएकै कारणले पनि गाउँ जान नसकेको हेम बहादुरले वताए ।
२०७४ मंसिर ९ गते प्रकाशित