Sat. Jul 5th, 2025

धादिङमा ७७ हजार मत खसेन

सरिता श्रेष्ठ / ११ मंसिर,  धादिङ –

धादिङमा रहेका कुल मतदाता मध्ये ७७ हजार मत खसेन । २ लाख ३३ हजार ५ सय ५ मतदाता रहेकोमा १ लाख ५६ हजार ३ सय ८५ जनाले मात्रै मतदान गरेका छन् ।

जसमा ७९ हजार ७ सय १७ पुरुष छन् भने ७६ हजार ६ सय ६७ महिला र एक जना तेस्रोलिङगीले मतदान गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आइतबार भएको निर्वा७७ हजार १ सय २० मत नखसेको जिल्ला निर्वाचन कार्यालय धादिङले जानकारी दिए ।

प्रतिनिधिसभा क्षेत्र नं १ मा १ लाख १८ हजार १ सय ५० मतदाता रहेकोमा ७९ हजार ४ सय २३ मत खसेको छ । त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं २ मा १ लाख १५ हजार ३ सय ५५ मतदाता रहेकोमा ७६९५० मत खसेको निर्वाचन कार्यलय धादिङका निर्वाचन अधिकृत ईश्वर सिंम्खडाले जानकारी दिएको छ ।

निर्वाचन जिल्लाभर सौहार्दपूर्ण भएपनि मतदाता बैदेशिक रोजगारीमा भएका र अन्य विविध कारण मत नखसेको हो । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा गरी ५ निर्वाचन क्षेत्र रहेको धादिङ जिल्लाको २ सय २७ वटा मतदान केन्द्रमा हर्साेउल्लासका साथ मतदान सकिएको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ । उत्तरका केही मतदानकेन्द्रमा ढिला गरी सुरु भएपनि शान्त वातावरणमा सम्पन्न भएको छ ।

२०७४ मंसिर ११ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: