Sat. Jul 5th, 2025

नेपालले हङकङलाई दियो ९५ रनको लक्ष्य

११ मंसिर, काठमाडौँ–

आइसिसी महिला विश्व टी–२० एसिया छनोट प्रतियोगिता अन्तर्गत तेस्रो स्थानको प्ले अफमा नेपालले हङकङलाई ९५ रनको लक्ष्य दिएको छ।

थाइल्यान्डको टेडथाई मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेटको क्षतिमा ९४ रन जोड्यो । नेपालका लागि नेरी थापाले ३८ रन जोडिन् । नेरीले ३४ बलमा ५ चौका प्रहार गरिन् । करुणा भण्डारीले नटआउट १४ तथा कप्तान रुबिना क्षेत्री बेलबासेले नटआउट १५ रनको योगदान गरिन् । रुबिनाले १० बलको सामना गर्दा २ चौका हिर्काइन् । काजोल श्रेष्ठले १२ रन बटुलिन् । बलिङतर्फ हङकङकी मारिको हिल र मारिना लापलगले २–२ विकेट लिए।

यसअघि लिग चरणका नेपाल तेस्रो स्थानम सीमित बनेपछि विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउन असफल भएको थियो।

२०७४ मंसिर ११ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: