Sat. Jul 5th, 2025

उत्तरी धादिङका मतपेटिका हेलिकोप्टरबाट ल्याइयो (भिडियोसहित)


११ मंसिर,  धादिङ –

धादिङको उत्तरी क्षेत्रमा पर्ने रुविभ्याली, खनियाबास र गंगाजमुना गाउँपालिकाका मतपेटिका हेलिकप्टर मार्फत सदरमुकाम ल्याइएको छ ।

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको पहिलो चरण अन्तर्गत धादिङमा भएको मतदानको मतपेटिका सदरमुकाम ल्याइएको हो । उत्तरका १७ वटा मतदानकेन्द्रका ५१ वटा मतपेटिका हेलिकप्टर मार्फत ल्याइएको प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले बताए ।

आइतबार निर्वाचन सम्पन्न भइसकेपछि नजिकका मतदान केन्द्रका मतपेटिका साँझसम्म ल्याइएको थियो भने मतदान केन्द्र टाढा भएका केन्द्रको मतपेटिका सोमबार ल्याइएको हो ।
जिल्लाभर २ सय ७५ वटा मतदानकेन्द्रका ८ सय २५ मतपेटिका सदरमुकाम ल्याइदैै छ ।

भिडियो हेर्नुहोस

 

२०७४ मंसिर ११ गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: