
फाइल फोटो
१२ मंसिर, हुम्ला –
हुम्लाको सिमकोट विमानस्थलको धावनमार्गमा मंगलबार तारा एयरको विमान दुर्घटना भएको छ ।

उडान भर्ने क्रममा अगाडिको टायर पञ्चर भएपछि विमान दुर्घटना भएको हो । कल साइन ९ एनएबिएम विमान हुम्लाबाट सुर्खेत उड्ने क्रममा दुर्घटना भएको
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार, दुर्घटनामा पाइलटसहित चार जना घाइते भएका छन् ।
अहिले उद्धारका लागि नेपाली सेनाको टोली पुगेको छ ।
२०७४ मंसिर १२ गते प्रकाशित