Sat. Jul 5th, 2025

अछाममा सेनाको गाडि दुर्घटना, १४ जना घाईते

१३ मंसिर, अछाम

नेपाली सेनाको गाडी आज साँझ साँफेबगर–मंगलसेन सडक खण्डको तिमिल्सेनमा पल्टिँदा १४ घाइते भएका छन् ।
घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । लु १ ग २७८ नं को गाडी तिमिल्सेनको ओरालोमा पल्टिएको हो ।

गुड्दै गरेको बेला ‘ब्रेकफेल’ भएको गाडी पल्टिएको बताइएको छ ।
घाइेतलाई उपचारका लागि बयलपाटा अस्पतालमा लगिएको अछामका प्रहरी प्रमुख दधिराम न्यौपानेले जानकारी दिए ।

सहसेनानी सञ्जय भण्डारीको नेतृत्वमा ३३ जना सेना बाजुराबाट अछामको गणतर्फ आउँदै गर्दा दुर्घटना भएको हो । उनीहरु बाजुराको चुनावी सुरक्षाका लागि खटिएर फर्कंदै थिए ।

      २०७४ मंसिर १३ गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: