Sat. Jul 5th, 2025

त्रिशुली नदिमा वस दुर्घटना , ६ जनाको मृत्यु

१३ मंसिर ,धादिङ

चितवनको ईच्छाकामना गाउँपालिका ४ फिस्लिङवाट त्रिशुली नदिमा बस खसेको छ ।

बिहान ९ः१५ बजे तिर काठमाडौंबाट अर्घाखाँचीतर्फ गइरहेको लु २ ख २९१ नम्बरको बस र विपरीत दिशावाट आउदै गरेको ना ६ ख ४९६२ नम्वरको ट्रक  ठोक्कीदा दुर्घटना भएको हो ।

दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने पूर्ण रुपमा त्रिशूलीमा डुबेको बसबाट २० जना घाइतेको उद्धार गरिएको छ । घाईतेहरुलाई उपचारको लागि चितवन मेडिकल कलेज तर्फ पठाईएको छ ।

काठमान्डौवाट २६ जनाका चलानी लिएर हिडेको थियो तर बिच वाटोमा कति यात्रु चढेको भन्ने एकीन हुन सकेको छैन ।
घटना स्थलमा शसस्त्र प्रहरी, नेपाल प्रहरी , नेपाली सेना पुगेको छ । दुर्घटनाका घाइतेहरुको उद्धार कार्य जारी रहेको मुङलीन प्रहरीले वताएको छ ।

 

  २०७४ मंसिर १३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: