Sat. Jul 5th, 2025

चितवनको फिस्लिङमा वस दुर्घटना , ६ जनाको मृत्य ,२३ घाइते (अपडेट)

१३ मंसिर, धादिङ

चितवनको ईच्छाकामना गाउँपालिका ४ फिस्लिङवाट त्रिशुली नदिमा बस खसेको छ ।
बिहान ९ः१५ बजे तिर काठमाडौंबाट अर्घाखाँचीतर्फ गइरहेको लु २ ख २९१ नम्बरको बस र विपरीत दिशावाट आउदै गरेको ना ६ ख ४९६२ नम्वरको ट्रक संग ठोक्कीदा दुर्घटना भएको हो ।

दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने पूर्ण रुपमा त्रिशूलीमा डुबेको बसबाट २३ जना घाइतेको उद्धार गरिएको छ । घाईतेहरुलाई उपचारको लागि चितवन मेडिकल कलेज तर्फ पठाईएको छ ।

काठमान्डौवाट २६ जनाका चलानी लिएर हिडेको थियो तर बिच वाटोमा कति यात्रु चढेको भन्ने एकीन हुन सकेको छैन ।

घटना स्थलमा शसस्त्र प्रहरी, नेपाल प्रहरी , नेपाली सेनाले डुङगाको माध्यमवाट खोजी कार्य जारी राखेको छ ।
२०७४ मंसिर १३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: