
१५ मंसिर, धादिङ–
धादिङको धुनीबेसी नगरपालिका वडा नं ८ खानीखोलामा शुक्रबार बम सहित २ जना पक्राउ परेका छन् । काँकडभित्ताबाट काठमाडौँ जादै गरेको ना ७ ख ४९७६ नम्बरको गाडी चेकजाँच गर्ने क्रममा बम भेटिएको हो ।
सुराकीका आधारमा चेकजाँच गर्ने क्रममा प्रेसरकुक्कर बम १ वटा, सकेट बम २ वटा र बम बनाउने सामाग्री प्रहरीले बरामद गरेको छ ।
बस चेकजाँच गर्ने क्रममा झोलाभित्र लुकाईराखेको अवस्थामा प्रहरीले फेला पारेको हो । पक्राउ पर्नेमा भारत कोत्ताजाल निवासी २३ बर्षिय राजु विश्वास र पश्चिम बंगाल निवासी ३१ बर्षिय महमद फरमान रहेका छन् ।
२०७४ मंसिर १५ गते प्रकाशित