Fri. Jul 4th, 2025

त्रिशुलीमा खसेको बस ४ दिनपछि भेटियो

१५ मंसिर,  धादिङ –

 

त्रिशुली नदीमा खसेर बेपत्ता भएको बस शुक्रबार भेटिएको छ। चितवनको चुम्लिङटारमा ७ जनाको ज्यान जानेगरी गत बुधबार भएको दुर्घटनामा हराइरहेको बस चार दिनपछि भेटिएको हो।

शसस्त्र प्रहरी बल विपत व्यवस्थापन तालिक केन्द्र कुरिनटारबाट खटिएको टोलीले पानी सतहबाट २५ फिट तल रहेको बस फेला पारेको हो। शसस्त्र प्रहरी हवलदार नरेन्द्रसिंह भण्डारीको टोलीले बसलाई र्‍याकरद्वारा बाहिर निकाल्ने काम गरिरहेको छ।

गत बुधबार काठमाडौंबाट अर्घाखाँचीका लागि हिँडेको लु २ ख २९१ नम्बरको यात्रु बस चुम्लिङटारमा दुर्घटना हुदाँ ७ जनाको मृत्यु भएको थियो।

२०७४ मंसिर १५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: