Fri. Jul 4th, 2025

चौध लाखसहित रानीबारीबाट धादिङका दुई जना पक्राउ

 

१६ मंसिर, काठमाडौं

महानगरीय प्रहरी बिट रानीबारीले रु १४ लाखसहित दुई जनालाई शुक्रबार पक्राउ गरेको छ ।

विटका प्रमुख विचित्र मगरको नेतृत्वमा खटिएको टोलीले राति रेडन पुलनजिक जाँचका क्रममा बा६४प ५१८९ नं को मोटरसाइकलमा सवार धादिङ घर भएका किरण भट्टराई र सागर लम्साललाई पक्राउ गरेको हो ।

अभियुक्त दुवै जनालाई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टे पठाइएको छ ।  वृत्तका प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले स्रोत नखुलेको हुण्डीको हुन सक्ने ठूलो परिणाममा रकम फेला पारिएको बताए ।

उनका अनुसार के प्रयोजनका लागि रकम ओसारपसार भइरहेको छ भन्नेबारे अनुसन्धान भइरहेको छ ।

   २०७४ मंसिर १६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: