
१७ मंसिर, धादिङ–
धादिङको थाक्रे गाउँपालिकामा सुचना तथा परामर्श केन्द्र संचालनमा आएको छ ।
बैदेशिक रोजगारीका कारण समाजिक रुपमा हुने बिखण्डन, घरेलु हिंसा साथै समाजिक संरचनामा आउने अप्रत्याशित घटनावाट सुरक्षित बनाउने अभिप्रायले परामर्श केन्द्र संचालनमा ल्याएको सिड्स धादिङले जनाएको छ ।
परामर्श केन्द्र सुभारम्भ गर्दै थाक्रे गाऊँपालिका अध्यक्ष राम कुमार आर्चायले सके सम्म गाऊँपालिका भित्रका यूवाहरुलाई स्वदेशमै स्वारोजगार यूक्त वनाउन पहल गर्ने योजना भएको बताएका छन् । गाऊँपालिका भित्रका कुनै पनि यूवा ले चाहेका सीप, भएका क्षमता र वैदेशिक रोजगारीका सन्र्दभमा आवश्यक पर्ने सूचना र अभिलेख खडा गरी उनिहरुको रोजगारीलाई सूरक्षित र मर्यादित गराउन अभिप्रेरित गर्ने बताए ।
गाऊँपालिका उपाध्यक्ष अम्बिका रुपाखेतीले सुरक्षित आप्रवासन राहत तथा आर्थिक साहयता कोष २०७४ को निर्माण कोष मार्फत प्रदान गरिने सेवाको बिषयमा जानकारी गराए । कार्यक्रममा सुरक्षित आप्रवासन को बिषयमा सिड्स, धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले आप्रवासनको अवस्था र चुनौतीको साथै सूचना केन्द्रको औचित्यको बिषयमा छलफल गराएका थिए ।
कार्यक्रममा सामी जिल्ला परियोजना संयोजक कमल वहादुर रोकायले थाक्रे गाऊँपालिकाको यूवा प्रतिको प्रतिवद्धताको सम्मान गर्दै यस्तो चासो लिएर कार्यन्वयन गर्ने गाऊँपालिका पहिलो भएकोले आगामी दिनमा हेल्भेटासले समेत यस प्रकारको स्थानिय तहको गतिबिधिमा सहयोग गर्न प्रतिवद्ध रहेको बताए ।
२०७४ मंसिर १७ गते प्रकाशित