Fri. Jul 4th, 2025

धादिङको राजमार्ग क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाई (भिडियो सहित)

१७ मंसिर,  धादिङ  –

ट्राफिक प्रहरीले राजमार्ग क्षेत्रमा चल्ने सवारी चेकजाँचमा कडाई गरेको छ ।

केही दिन अघि राजधानी प्रवेश गर्न लागेको अबस्थामा धादिङको खानीखोलाबाट दुई भारतीय नागरिक सहित विष्फोटक पदार्थ पक्राउ गरे पछी राजमार्गको सुरक्षा व्यवस्थामा कडाई गरिएको छ ।

दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको आउन अब तीन दिन मात्र बाँकी हुदाँ पृथ्वी राजमार्गको सुरक्षा व्यवस्थामा कडाई गरिएको ट्राफिक प्रहरीलेले जानकारी दिएको छ । राजमार्गको ठाँउ ठाँउमा प्रहरीले सवारी चेक जाँच गर्न सुरु गरेको छ भने छड्के चेक जाँचमा समेत सादा पोशााकका प्रहरीहरु खटिएका छन् ।

राजधानी प्रवेश गर्ने प्रमुख मार्ग त्रिभुवन राजपथ र पृथ्वी राजमागर्मा सवारीका साधनहरुको चेक जाँचमा समेत कडाई गरेको छ ।

निर्वाचन हुने क्षेत्रहरुमा निर्वाचन विरोधी गतिविधि हुन नदीन र कुनै पनि अप्रिय घटनाहरु नहोस् भन्दै राजमार्ग भएर आवत जावत गर्ने सवारीका साधनहरुलाई समेत कडाई गरिएको हो ।

https://www.youtube.com/watch?v=tCpDJQejpvk

२०७४ मंसिर १७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: