
१७ मंसिर, धादिङ –
आदमघाट–चौतारा सडकको ट्रयाक जोडिएको छ । २५ वर्षको निरन्तर प्रयासपछि ट्रयाक जोडिएसंगै उपल्लो किराञ्चोक पेटारे, थुम्कीडाँडा, तीनघरे लगायतका गाँउवासी खुसी भएका छन् ।
कृषिवाली उत्पादनका हिसावलले महत्वपूर्ण मानिएको आम किराञ्चोकवासीमा सडक पालुङै–बैकुण्ठ सडकमा आदघाटको सडक जोडीपछि थप उत्साहित भएकाछन् । पृथ्वी राजमार्गको आदमघाटदेखि दक्षिण महाभारतसम्म करिव ३५ किलोमिटर सडकको ट्रयाक शनिवार जोडिएपछि उपल्लो किराञ्चोक (तामाङवस्ती) का वृद्धवृद्धा यूवावूती सवै खुशी भएका हुन् । सडक निमार्णमा २०४९ सालदेखि २ करोड ५० लाख सहित २५ सय जनाले श्रमदान गरेका छन् ।
हरेक आर्थिक वर्षमा ३ देखि १० लाखसम्म जिविस र केन्द्रीय सरकारको वजेटमा काम हुँदा कछुवाको गतिमा निमार्ण भईरहेको थियो । गत आर्थिक वर्षमा जिविसको २० लाख र चालु आर्थिक वर्षमा ११ लाख ५० हजार सहित ट्रयाक जोड्न आवश्यक वजेट गजुरी गाँउपालिकाबाट दिएपछि सडकको ट्रयाक उपभोक्ता समितिका अध्यक्ष दिनेश घलानले बताए ।
पूर्व स्थानीय विकास अधिकारी भगवान अर्यालले स्थलगत अवलोकन गरी सडक सर्भे गर्न प्राविधिक र एकै पटक २० लाख वजेट दिएपछि ट्रयाक जोड्न हौसला मिलेको उपभोक्ता समितिका पूर्व अध्यक्ष जीत बहादुर तामाङ बताए । सडकको ट्रयाक जोडिएसंगै तामाङ वस्तमिा खाद्यन्न ढुवानीमा सहजता आउने छ । उपल्लो किराञ्चोकमा असरामा उत्पादन भएको आलु, सास्टे बोडी, खसीवबोका, डोका र अम्रिसो बजारसम्म पु¥याउन सजिलो हुन्छ । आदमघाट गएर घर फर्कन एकै दिन सकिन्छ तामाङले बताए ।
आदमघाट देखी किराञ्चोक वडा नम्वर ७ विमिरेसम्मको १० किलो मिटर सडक ९ मिटरको चौडा , २ दशमलव ७ किलो मिटर कालो पत्रे, ८ दशमलव ३ किलो मिटर ग्राइभेल, कल्भड, पक्की नाला निमार्ण भईरहेको सडक विभाग साइड अफिस गजुरीका इन्जिनियर मधुसुदन साँकीले बताए । निमार्ण कार्य आर्थिक वर्ष २०७४÷०७५ असार मसान्तसम्म सम्पन्न गर्ने गरि जय बावा कन्टक्सनले पौने १० करोडमा टेक्का पारेर काम गरिरहेको छ ।
भुम्कप पश्चात पूर्ननिर्माण कार्यक्रम अन्तरगत वडा नम्वर ७ विमिरे देखि वडा नम्वर ६ तल्लो पेटारेसम्म १५ किलो मिटर सडक ९ मिटर चौडा, कल्भड, पक्की नाला र ग्राइभेल गर्नका लागि डिटेल प्रोजेक्ट रिपोट तयार भई टेण्डर प्रक्रियामा रहेको छ । त्रिभुवन राजपथको शिखरकोट (मवानपुर) देखि वैकुण्ठसम्म गाडी चलिरहेकाले आदमघाटबाट गएको बाटो चौतारामा जोडिएको छ । महाभारत लेकमा वसोवास गर्ने र शहरमा वसोवास गर्ने मानिसलाई सडक सञ्जालले जोडेको छ ।
२०७४ मंसिर १७ गते प्रकाशित